२०८३ असोज १४ गते बुधवार | September 30, 2026

गृहपृष्ठ नेपाली कांग्रेस पाल्हीनन्दन गाउँपालिका वार्ड नं ४ को सभापतिमा रविन्द्र सहानी

नेपाली कांग्रेस पाल्हीनन्दन गाउँपालिका वार्ड नं ४ को सभापतिमा रविन्द्र सहानी

ज्ञानेश्वर सहानी, नवलपरासी,१९ भाद्र । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वार्ड नं ४ को वडा सभापतिमा रवीन्द्र सहानी विजयी हुनुभएको छ ।

वडा अधिवेशनबाट सभापतिमा सहानी संगै उपसभापतिमा अस्गर अलि शेष र बिमला, सचिवमा बिरबली गुप्ता र दोष मोहम्मद र सह-सचिवमा मुराली बहादुर थापा मगर र बेचैई दास पटनवार चयन हुनुभएको मतदान अधिकृत कृष्ण प्रसाद ज्ञवालीले जानकारी दिनुभयो ।

त्यस्तै सदस्यहरुमा सदरे आलम हजाम,चुलाई अहिर,सठै डफाली,जित बहादुर थारु,शकुनतला देवी तेली ,मन्जुर आलम शेष, महेश हरिजन,जकरुन निषा र राम कुपाल कहार चयन हुनुभएको छ ।

त्यस्तै गरि वडाबाट क्षेत्रिय प्रतिनिधिमा राम अवतार चमार,सदरे आलम देवान,सुवाष कुमार कुर्मी,नाथु माली,छोटेलाल पासि,बिरबलि यादव ,साधु शेष ,सबोष चौधरी,राजेश्वर बनिया, किसन पासि ,रसुल मोहम्मद पठान र नुरेलेम डफाली चयन हुनु भएको मतदान अधिकृत कृष्ण प्रसाद ज्ञवालीले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार