२०८३ वैशाख १९ गते शनिवार | May 02, 2026

गृहपृष्ठ एमालेले संसदको बैठक शुरु हुनासाथ अवरोध

एमालेले संसदको बैठक शुरु हुनासाथ अवरोध

काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले संसदको बैठक शुरु हुनासाथ अवरोध गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठक शुरु गर्नासाथ एमाले सांसदहरुले वेल घेराउ गरेका छन् ।

उनीहरुले ‘संसदीय मर्यादा कायम गर’, ‘सभामुखको व्यवहार मुर्दावाद’ जस्ता नारा लगाएका छन् ।

२३ भदौमा शुरु भएको अधिवेशनमा एमालेले सभामुखमाथि नै प्रश्न उठाएको छ । एमालेले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेर एमाले विभाजन गर्न भूमिका खेलेको भन्दै एमालेले सभामुखमाथि प्रश्न उठाएको छ ।

पहिलो दिन बसेको तीनवटै बैठकमा एमाले सांसदहरुले नाराबाजी गरेका थिए । तेस्रो बैठकमा नाराबाजीकै बीच राजनीतिक दलसम्बन्धी अध्यादेश टेबल भएको थियो ।
आजको बैठकमा पनि बजेटसम्बन्धी अध्यादेश टेबल गर्ने कार्यसूची छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार