२०८३ असार १७ गते बुधवार | July 01, 2026

गृहपृष्ठ इंग्ल्याण्ड र भारतविचको पाँचौ टेष्ट खेल स्थगित

इंग्ल्याण्ड र भारतविचको पाँचौ टेष्ट खेल स्थगित

इंग्ल्याण्ड र भारतविचको पाँचौ टेष्ट खेल सरेको छ । पछिल्लो पटक भारतीय टिममा कोभिड देखिएपछि म्यानचेस्टरमा हुने भनिएको यो खेल अर्को मितीका लागि सरेको हो ।

निर्धारीत तालिका अनुसार यो खेल शुक्रबारबाट सुरु हुनुपर्ने थियो । तर अन्तिम समयमा स्थगित भएको हो । अब यो खेल कुन मितीमा हुन्छ भन्ने तय हुन बाँकी रहेको छ ।

भारतीय टिमका मुख्य प्रशिक्षक रबी शास्त्रीपछि सहायक फिजियो योगेस पारमरलाई पनि कोभिड देखिएपछि टिममा अन्योलता छाएको थियो । यस्तैमा भारतीय टिमले विहिबार कोभिडका परिक्षण गर्दा नेगेटिभ आएपनि उच्च सावधानीका कारण खेल सारिएको हो ।

खेलका लागि भारतीय खेलाडीले बढि चिन्ता देखाएपछि भारतीय क्रिकेट बोर्डले टिमको ब्यवस्थापनसँग कुरा गरेर इसीबीलाई खेल सार्नका लागि भनेका हुन ।

यस्तैमा पहिलो चरणको टेष्टको रिपोर्ट नेगेटिभ आएपनि दोस्रो चरणको टेष्ट शुक्रबार गर्ने भएकाले पनि खेल हुन नसकेको छ । पाँच टेष्टको सिरिजमा भारत दुई एकले अगाडी रहेको छ ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार