गृहपृष्ठ नेपालमा थप १० जना संक्रमितले गुमाए ज्यान, आज कति थपिए ?
नेपालमा थप १० जना संक्रमितले गुमाए ज्यान, आज कति थपिए ?
काठमाडौं,१,असोज । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ५५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभर ८ हजार ६६५ पीसीआर र ३ हजार ७२० एन्टिजेन गरी कुल १२ हजार ३८५ नमुना परीक्षण गर्दा उक्त संक्रमण पुष्टि भएको हो ।
यस्तै संक्रमणकै कारण पछिल्लो २४ घण्टामा १० जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार १२ पुगेको छ । गत २२ घण्टामा १ हजार ३५१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।





