गृहपृष्ठ राष्ट्रियसभाको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित पठाएको ‘विनियोजन विधेयक २०७८’ बहुमतले पारित
राष्ट्रियसभाको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित पठाएको ‘विनियोजन विधेयक २०७८’ बहुमतले पारित
काठमाडौँ,७,असोज । राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित पठाइएको ‘विनियोजन विधेयक– २०७८’ लाई बहुमतले पारित गरेको छ।
बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाबाट सन्देशसहित पठाइएको ‘विनियोजन विधेयक, २०७८ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकमा राष्ट्रपति कार्यालयसम्बन्धी मन्त्रिपरिषद् गठनसम्बन्धी प्राप्त पत्रको व्यहोरा पढेर सुनाएका थिए।
बैठकमा सांसद कोमल वलीले प्रतिनिधिसभाका सभामुखले नेकपा (एमाले) ले कारबाही गरेका सांसदमाथि कारबाही नभएसम्म सभाको कामकारबाही अगाडि बढ्न नसक्ने बताएसँगै एमालेका सांसदले उठेर विरोध जनाएका थिए।
राष्ट्रियसभाको अर्को बैठक यही असोज ८ गते बिहान ११ बस्नेछ।












