गृहपृष्ठ आज शुक्रबार नेपालमा थप १३ जना संक्रमितले गुमाए ज्यान, आज कति थपिए ?
आज शुक्रबार नेपालमा थप १३ जना संक्रमितले गुमाए ज्यान, आज कति थपिए ?
काठमाडौं,१५ असोज । पछिल्लो २४ घण्टामा देशभर १ हजार ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १३ हजार ३६८ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा १ हजार ६६ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ११३ जनाको पिअिसार परीक्षण गर्दा ८९८ र ३ हजार २५५ जनाको एन्टीजेन परीक्षण गर्दा १६८ जनामा संक्रमण पुष्टि भएको हो । आज देशभर ९३८ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा १३ जना संक्रमितको मृत्यु भएको छ ।
देशभर १८ हजार ११५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये १६ हजार ८८१ होम आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा एक हजार २३४ संक्रमित छन् भने ३५४ जना आइसियुमा र ११६ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ ।
देशभर २४२ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर २ लाख १७ हजार ३९१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।












