२०८३ भदौ ४ गते बिहीवार | August 20, 2026

गृहपृष्ठ ईपीएल मा आज : चितवन शीर्ष स्थानमा, ललितपुरको पहिलो जित, विराटनगरको हार कायमै

ईपीएल मा आज : चितवन शीर्ष स्थानमा, ललितपुरको पहिलो जित, विराटनगरको हार कायमै

काठमाडौं । मोहमद शाहजाद र भिम सार्कीले अर्धशतकीय इनिङ्स खेलेपछि चितवन टाइगर्सले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा लगातार तेस्रो जित हात पारेको छ ।

टियु क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा पोखरा राईनोजलाई ९ विकेटले पराजित गर्दै चितवनले तेस्रो जित निकालेको हो ।

पोखराले दिएको १ सय २४ रनको लक्ष्य चितवनले १६ ओभर ४ बलमा मात्र १ विकेट गुमाएर पूरा गर्यो ।

चितवनको जितमा शाहजाद र सार्कीले अविजित १ सय २२ रनको साझेदारी गरे ।

५२ बल खेलेका शाहजादले दुई छक्का र  ७ चौकाको मद्दतमा सर्वाधिक ६३ रन जोडे । सार्कीले ४२ बलमा ५४ रनको योगदान गरे । भिमले दुई छक्का र ५ चौका प्रहार गरेका थिए ।

ओपनर इशान पाण्डे भने शुन्य रनमा आउट भए । पोखराका बिक्रम सोवले एक विकेट हात पारे ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय २३ रनको योगफल तयार गरेको थियो ।

पोखराको लागि विवेक यादवले अविजित रहदै ५३ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ४५ बलमा ३ छक्का र ३  चौका प्रहार गरे ।

एक समयमा ४२ रन जोड्दा पाँच विकेट गुमाएको पोखराको इनिङ उकास्न विवेक यादव र असेला गुनारत्नेले  छैटौं विकेटका लागि ५६ रनको साझेदारी गरे । गुनारत्नेले २५ रनको योगदान गरे ।

रिचर्ड लेभीले १७ वलमा दुई छक्का र एक चौकाको मदतमा २० रन जोडे । लोकेश वम ८, कप्तान विनोद भण्डारी ५, रित गौतम २ रनमा आउट भए भने सुनिल धमला शुन्य रनमै पभेलियन फर्किए ।

चितवनका शाहब आलम र कमल सिंह ऐरीले समान दुई/दुई विकेट लिदा सोमपाल कामीले एक विकेट हात पारे ।

यस जित चितवन ३ खेलमा ६ अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

पोखराले ३ खेलमा ३ अंक जोडेको छ । पोखरा चौंथो स्थानमा रहेको छ ।

साविक विजेता ललितपुर प्याट्रीयट्सले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा पहिलो जित निकालेको छ ।

टियु क्रिकेट मैदानमा शुक्रबार विराटनगर वारियर्सलाई ३७ रनले पराजित गर्दै ललितपुरले पहिलो जित दर्ता गरेको हो ।

ललितपुरले दिएको २ सय २७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८९ रन मात्र बनाउन सक्यो ।

विराटनगरका लागि दिल्शन मुनाविराले ५९ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीको हार टार्न सकेनन् । उनले ३९ बलमा ५ चौका र ६ छक्का प्रहार गरे ।

यस्तै आसिफ शेखले ३७ रन जोड्दा चन्द्रपउल हेमराजले २८ रन जोडे । सिकन्दर राजा २४ रनमा आउट भए ।

May be an image of one or more people, people playing sports and people standing

अनिल साह ८, कप्तान करण केसी ४, सुमित महर्जन २ रनमा आउट हुँदा सौरभ खनाल सुन्य रनमा आउट भए।

बसन्त रेग्मी ९ रनमा अविजित रहदा प्रतिष जिसीले अविजित ४ रन बनाए ।

ललितपुरका अज्मतुल्लाह ओमारजाईले ४ विकेट लिए ।  ललित राजवंशीले २ तथा योगेन्द्र सिंह कार्कीले १ विकेट लिए ।

यस अघि सन्दुन विराकोड्डी र अज्मतुल्लाह ओमारजाईको अर्धशतकीय इनिङ्स खेलेपछि ललितपुरले ५ विकेट गुमाएर निर्धारित २० ओभरमा २ सय २६ रनको विशाल योगफल तयार पारेको थियो ।

ललितपुरले तयार पारेको यो योगफल ईपीएल इतिहासकै सर्वाधिक ठूलो योगफल हो । यस अघि २०१८ मा भैरहवा ग्लाडीयटर्सले पोखरा राइनोजविरुद्ध बनाएको २ सय १६ रन सर्वाधिक उच्च रहेको थियो ।

May be an image of 1 person, playing a sport and text

ललितपुरको उच्च योगफलमा ओपनर विराकोड्डीले सर्वाधिक ७३ रन जोडे । उनले ३ छक्का  र १० वटा चौका प्रहार गरेका थिए । विराकोड्डीले २८ बलमा अर्धशतक प्रहार गरेका थिए ।

विराकोड्डीले प्रहार गरेको ७३ रन यस संस्करणको सर्वाधिक रनको बराबरी हो । यस अघि काठमाडौं किंग्स-११ का रायन वर्लले ललितपुरविरुद्ध अविजित ७३ रन बनाएका थिए ।

यता २१ बलमै अर्धशतक पूरा गरेका ओमारजाईले अविजित ५८ रन जोड्दा ७ छक्का प्रहार गरे ।

अर्का ओपनर तथा कप्तान कुशल भुर्तेलले १७ बलमा ३२ रन जोडे । विराकोड्डी र भुर्तेलले पहिलो विकेटका लागि ७० रनको साझेदारी गरे ।

यता योगेन्द्र सिंह कार्कीले १८ बलमा २७ रन जोड्दा तीन छक्का र एक चौका प्रहार गरे । नारायण जोशीले चार बलमा १८ रन जोड्दा तीन छक्का प्रहार गरे । जयकिशन कोल्सावालाले १३ रनको योगदान गरे । पवन सर्राफले दुई रन जोडे ।

May be an image of 1 person, playing a sport and text

विराटनगरका कप्तान करण केसीले दुई विकेट लिए । सिकन्दर राजा, प्रतिश जिसी र दिलशान मुनाविराले समान एक एक विकेट हात पारे।

यस जितसँगै ललितपुरले ४ खेलमा ३ अंक जोडेको छ । ललितपुर चौंथो स्थानमा उक्लिएको छ ।

विराटनगरको यो लगातार तेस्रो हार हो । अंक विहीन विराटनगर पुछारमा रहेको छ।

May be an image of one or more people, people playing sports and people standing

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार