२०८३ वैशाख ४ गते शुक्रवार | April 17, 2026

गृहपृष्ठ ललितपुरका कप्तान कुशलसहित ११ खेलाडीलाई जरिवाना

ललितपुरका कप्तान कुशलसहित ११ खेलाडीलाई जरिवाना

ललितपुर प्याट्रियोट्सका कप्तान कुशल भुर्तेललाई एभरेष्ट प्रिमियर लिगमा बिराटनगरविरुद्धको खेलमा स्लो ओभर रेटमा जरिवाना लागेको छ ।

जसका कारण उनलाई खेलको १० प्रतिशत म्याच फी जरिवाना लगाइएको छ । यसका साथै अरु १० खेलाडीको दुई प्रतिशत म्याच फी जरिवाना लागेको छ ।

बिराटनगरविरुद्धको खेलमा दोस्रो पारीमा स्लो ओभर रेटमा बलिङ गरेको भन्दै सो जरिवाना लगाइएको हो ।

यसअघि विहिबार भएको चितवन टाइगर्स र काठमाडौं किंग्सको खेलमा चितवनका कप्तान सोमपाल कामीलाई पनि २५ प्रतिशत जरिवाना लगाइएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार