२०८३ वैशाख ४ गते शुक्रवार | April 17, 2026

गृहपृष्ठ काठमाण्डौ जादै गरेको बस दुर्घटना

काठमाण्डौ जादै गरेको बस दुर्घटना

ओखलढुंगा । जिल्लाको चम्पादेवी गाउँपालिकाको घोराखोरीबाट काठमाडौं जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा एक गम्भीर घाइते भएका छन् । बा३ख९३०४ नम्बरको बस आज विहान साढे ६ बजे भदौरे भन्ने स्थानमा सडकमा चिप्लिएर पल्टिएको हो ।

उक्त दुर्घटनामा परि चम्पादेवी ६ का मिनबहादुर खड्का घाइते भएका छन् । उनको प्राथमिक स्वास्थ्य केन्द्र रानीवनमा उपचार भइरहेको छ बसमा २१ जना यात्रु रहेका थिए । अन्य यात्रु सकुशल छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार