गृहपृष्ठ नेपालमा आज शनिबार थप यति जनामा कोरोना संक्रमण हुँदा,थप यति जनाले गुमाए ज्यान
नेपालमा आज शनिबार थप यति जनामा कोरोना संक्रमण हुँदा,थप यति जनाले गुमाए ज्यान
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ८ हजार २१९ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ८६७ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार ५ हजार ५९८ जनाको पिअिसार परीक्षण गर्दा ६५९ र २ हजार ६२१ जनाको एन्टीजेन परीक्षण गर्दा २०८ जनामा संक्रमण पुष्टि भएको हो । आज देशभर १ हजार १२३ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा ९ जना संक्रमितको मृत्यु भएको छ ।
देशभर १७ हजार ६४२ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये १६ हजार ३७१ होम आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा १ हजार २७१ संक्रमित छन् भने ३५० जना आइसियुमा र ११२ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ ।









