२०८३ भदौ २ गते मंगलवार | August 18, 2026

गृहपृष्ठ ईपीएल : पोखराको जित, विराटनगर बाहिरियो

ईपीएल : पोखराको जित, विराटनगर बाहिरियो

काठमाडौं । विराटनगर वारियर्स चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ ।

शनिबार भएको खेलमा पोखरा राइनोजसँग ७ विकेटले पराजित हुँदै विराटनगर एक खेल अगाबै बाहिरिएको हो ।

टियु क्रिकेट मैदानमा विराटनगरले दिएको १ सय ७३ रनको लक्ष्य पोखराले १७ ओभर ४ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो ।

पोखराको जितमा असेला गुनारत्नेले अविजित रहदै ५० रनको अर्धशतकीय इनिङ्स खेले ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो ।

विराटनगरका लागि आसिफ शेखले ३३ बलमा ६ वटा चौकाको मद्दतमा सर्वाधिक ४४ रन जोडे भने सिकन्दर राजाले २० बलमा २९ रन जोड्दा तीन छक्का र एउटा चौका हिर्काए ।

सन्दीप रजालीले २८ रनको योगदान गरे । कप्तान करण केसीले ९ बलमा २४ रन बनाउदा तीन छक्का प्रहार गरे । दिलसान मुनाविराले १६, अनिल साहले १२ र चन्द्रपाउल हेमराजले २ रन जोडे ।

पोखराका बिक्रम सोवले २ विकेट लिए । विवेक यादव, नन्दन यादव र साहन अर्चाचिगेले एक/एक विकेट हात पारे ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार