गृहपृष्ठ सामन्था र चैतन्यले गरे डिभोर्सको घोषणा!
सामन्था र चैतन्यले गरे डिभोर्सको घोषणा!
एजेन्सी । तेलुगू र तमिल फिल्म उद्योगकी चर्चित अभिनेत्री सामन्था अक्किनेनी र अभिनेता नागा चैतन्यले डिभोर्सको घोषणा गरेका छन् ।
उनीहरूले विवाहको ४ वर्षपछि सम्बन्धविच्छेदको घोषणा गरेका हुन्।
शनिबार सामाजिक सञ्जालमा एक पोस्ट गर्दै केही दिनमै सम्बन्धविच्छेद गर्ने घोषणा गरेकी हुन्।

उनले शनिबार पोस्ट गर्दै भनेकी छन्,‘हामी चाँडै नै अलग हुँदैछौं। मैले धेरै सोच विचार गरेर नै आफ्नो बाटो लाग्नको लागि पति र पत्नीको रूपमा अलग हुने फैसला गरेको छु। हामी भाग्यशाली छौं कि एक दशकको मित्रता नै हाम्रो सम्बन्धको मूल थियो। हामीलाई विश्वास छ हामीबीच एक विशेष सम्बन्ध रहनेछ।’









