गृहपृष्ठ युनाईटेड बराबरीमा रोकियो
युनाईटेड बराबरीमा रोकियो
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटड र एर्भटनले बराबारी खेल्ने अंक बाँडेका छन् ।
शनिबार भएको खेलमा युनाइटेडले शुरुआती अग्रता जोगाउन असफल हुँदा महत्वपूर्ण २ अंक गुमाउन पुग्यो ।
४३ औं मिनेटमा ब्रुनो फर्नान्डेजको पासमा मार्सिएलले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलले पछि परेको एभर्टनले ६५ औं मिनेटमा बराबरी गोल गरेको थियो ।
उसका लागि एन्ड्रोस टाउनसेन्डले बराबरी गोल फर्काएका थिए । त्यसपछि थप गोल नभएपछि दुवै टिमले एक एक अंक लिएका हुन् । बराबरी पछि दुवै टिमले शीर्ष स्थानमा उक्लने अवसर गुमाएका छन् ।
दुवै टिमको समान १४ अंक रहेको छ । युनाइटेड दोस्रो तथा एभर्टन तेस्रो स्थानमा छ । शीर्ष स्थानमा रहेको लिभरपुलको पनि समान १४ अंक रहेको छ ।









