२०८३ भदौ २ गते मंगलवार | August 18, 2026

गृहपृष्ठ आईपीएल : मुम्बईमाथि दिल्लीको जित

आईपीएल : मुम्बईमाथि दिल्लीको जित

ईन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा दिल्ली क्यापिटल्सले जित निकालेको छ ।

सारजाहमा शनिबार भएको खेलमा दिल्लीले साविक विजेता मुम्बई इण्डियन्सलाई ४ विकेटले हराएको हो ।

मुम्बईले दिएको १ सय ३० रनको लक्ष्य दिल्लीले १९ ओभर १ बलमा ६ विकेट गुमाएर पूरा गर्यो ।

दिल्लीको जितमा श्रेयस आयरले अविजित ३३ रन बनाए । ऋषव पन्तले २६ रन जोड्दा रविचन्द्र आश्विनले अविजित २० रन बनाए । शिम्रन हिटमायरले १५ रन बनाए ।

Rishabh Pant goes for a big one, Mumbai Indians vs Delhi Capitals, IPL 2021, Sharjah, October 2, 2021

मुम्बईका ट्रेन्ट बोल्ट,जयन्त यादव,क्रुनाल पाण्डे, जस्प्रित बुम्राह र  नाथन निलले १/१ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ८ विकेट गुमाएर १ सय २९ रन बनाएको थियो ।

मुम्बईका लागि सूर्यकुमार यादवले ३३ रन जोड्दा क्विन्टन डी ककले १९ रन बनाए ।

हार्दिक पान्डयले १७, सौरभ तिवारीले १५ तथा कुर्नाल पान्डयले अविजित १३ रन बनाए ।

दिल्लीका आभेस खान र अक्षर पटेलले ३/३ विकेट लिए ।

Mumbai Indians players walk into the field, Mumbai Indians vs Delhi Capitals, IPL 2021, Sharjah, October 2, 2021

यस जितसँगै दिल्लीले १२ खेलमा १८ अंक जोडेको छ ।

प्ले अफ पुगिसकेको दिल्ली दोस्रो स्थानमा रहेको छ ।

मुम्बई १० अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार