२०८३ कात्तिक २६ गते बुधवार | November 11, 2026

गृहपृष्ठ लुम्बिनी साँस्कृतिक नगरपालिकामा ८ सय ५९ जनाले गरे निःशुल्क स्वास्थ्य परिक्षण

लुम्बिनी साँस्कृतिक नगरपालिकामा ८ सय ५९ जनाले गरे निःशुल्क स्वास्थ्य परिक्षण

बुटवल, १८ असोज । लुम्बिनी सांस्कृतिक नगरपालिका र लुम्बिनी गार्डेन फाउण्डेशनको आयोजना तथा लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल र युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल, भैरहवाको प्राविधि सहयोगमा शनिबारदेखि सुरु भएको स्त्री तथा प्रजनन स्वास्थ्यसम्बन्धी तीनदिने निःशुल्क स्वास्थ्य शिविर रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–३ लंकापुरस्थित लुम्बिनी प्राथमिक स्वास्थ्य केन्द्रमा शिविरमा सञ्चालन भएको थियो ।

स्वास्थ्य शिविरमा ७ सय ४६ जना महिला र १ सय १३ जना पुरुषले स्वास्थ्य परिक्षण गरेका थिए । जस मध्ये १ साय ४० जनाको अल्ट्रासाउण्ड, विशेष गरी गाईनो २ सय ३५ जना महिला, जनरल फिजिसियन ३ सय ९३ जना, इ. सि. जि. २३ जना, १ सय ७ जनाको ल्याव परिक्षण, सर्जकल कन्सल्ट १ सय ५६ जना, जस मध्ये ५ जनाको गम्भिर देखिएकोले अप्रेसन गर्नको लागि सल्लाह तथा तयारी हुनका भनियो भने १ जनाको फिस्टुलाको लागि सुर्खेत पठाईएको र सबै अप्रेसन औषधी उपचार निःशुल्क पहल गरिरहेको र जसमध्ये ४ जनाको पाठेघरको अप्रेसन गर्नुपर्ने भएकोले केहि दिन भित्र लुम्बिनी प्रादेशि अस्पताल मा अप्रेसन गरिने लुम्बिनी साँस्कृतिक नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख धु्रव घिमिरेले बताए ।

शिविर कार्यक्रमको उद्घाटन राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले गरेका थिए । लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरीले नगरपालिका क्षेत्रमा अस्पताल नभएकाले अस्पतालका लागि विगत ४ वर्षदेखि लागिपरेको बताए । उनले वडा नम्बर १० मधुवनीमा रहेको सार्वजनिक जग्गा प्राप्तीका लागि ३५ दिने सूचना प्रकाशित भइसकेको बताए । नगरप्रमुख चौधरीले नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको बताए ।

लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत भुपेन्द्र पाण्डेयले गरीब, अशिक्षित कारणले आफुमा भएको रोगहरु लुकाएर बस्ने र अन्तिम अवस्थामा उपचार गर्न जाँदा धेरै खर्च समेत हुने गरेको बताए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार