२०८३ वैशाख ३ गते बिहीवार | April 16, 2026

गृहपृष्ठ बुबाको पुण्यतिथिमा गौतमबुद्ध माविमा छोराहरुद्वारा अक्षयकोष स्थापना

बुबाको पुण्यतिथिमा गौतमबुद्ध माविमा छोराहरुद्वारा अक्षयकोष स्थापना

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा ९, केवलानिमा रहेको सामुदायिक विद्यालय श्री गौतम बुद्ध माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ । मङलापुर निवासी समाजसेवी बाबुराम पाठक र विश्व पाठकले अक्षयकोष स्थापना गर्नु भएको हो ।

स्वर्गीय बुबा शिवप्रसाद पाठकको प्रथम वार्षिक पुण्य तिथि पारेर आज एक समारोह विच ” स्व शिवप्रसाद दधिकला पाठक अक्षयकोष -२०७८” स्थापनार्थ रु. २,०५,०००/- दुई लाख पाँच हजारको चेक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशप्रसाद न्यौपाने , विद्यालय संरक्षक नारायण न्यौपाने र निमित्त प्रधानाध्यापक शालिकराम खनाललाई हस्तान्तरण गरिएको छ ।

अक्षयकोष स्थापना गर्ने पाठक परिवारका जेष्ठ सदस्य बाबुराम पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नारायण न्यौपाने र बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष गणेश प्रसाद शर्मा न्यौपानेले धन्यवाद ज्ञापन गर्नु भएको थियो भने निमित्त प्रधानाध्यापक शालिकराम खनालले अक्षयकोष सन्चालन कार्यविधि तथा उद्येश्य बारेमा प्रकाश पार्नु भएको थियो। कार्यक्रमको संयोजन शिक्षक डिल्लीराम गैरेले गर्नु भएको थियो भने सन्चालन सुरज पाठकले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार