२०८३ वैशाख १९ गते शनिवार | May 02, 2026

गृहपृष्ठ दशै सकिए लगत्तै द:खद खबर- बर्षा र बाढीबाट यति धेरैको ज्यान गयो

दशै सकिए लगत्तै द:खद खबर- बर्षा र बाढीबाट यति धेरैको ज्यान गयो

भारत /

भारतको दक्षिणी राज्य केरलामा शुक्रबारदेखि भएको बर्षा र त्यसपछिको बाढीमा परी ज्यान जानेको संख्या २२ पुगेको छ । बाढीमा परेर आज बिहानसम्म १८ जनाको ज्यान गएको थियो । हराइरहेका केही व्यक्तिको शव आइतबार अपराह्न भेटिएको थियो ।

त्यसपछि सो संख्या बढेर २२ पुगेको बताइएको हो ।

यहाँका सरकारी अधिकारीहरुले यस राज्यका दुई जिल्ला इदुकी र कोट्याम जिल्लामा बाढी र पहिरोको प्रकोप देखा परेको प्रहरीले जनाएको छ । कोट्याम जिल्लामा बढीले बढी क्षति पु¥याएको यहाँका एक स्थानीय पत्रिका हिन्दुस्तान टाइम्सले जनाएको छ ।

बाढीमा परेर मृत्यु भएका र हराएकामध्ये अधिकांश सो जिल्लाका रहेका छन् । यहाँ आइतबार बिहानसम्म पनि बर्षा जारी रहेको छ ।

बाढीका कारण कतिपय स्थानीय सडकहरु पनि अवरुद्ध भएका छन् । मौसम विज्ञान विभागका अधिकारीहरुले आइतबार पनि बर्षा कायमै रहने बताएका छन् । अधिकारीहरुले आइतबार पनि बर्षा जारी नै रहेको बताएका छन् । बर्षाका कारण अहिले पनि कतिपय स्थानको आवागमन बन्द रहेको बताइएको छ

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार