२०८३ वैशाख १९ गते शनिवार | May 02, 2026

गृहपृष्ठ शैक्षिक बेरोजगार अब हटाउछु, तत्काल कदम चलाउछु: शिक्षा मन्त्री पौडेल

शैक्षिक बेरोजगार अब हटाउछु, तत्काल कदम चलाउछु: शिक्षा मन्त्री पौडेल

काठमाडौँ /

शिक्षामन्त्री देवेन्द्र पौडेलको हाल व्यस्तता र सक्रियता बढ्दो छ। झन्डै ३ महिना मन्त्रीविहीन बनेको शिक्षा मन्त्रालय सम्हाल्न आइपुगेका पौडेल यसबिचमा मन्त्रालयमा मन्त्री नहुँदा रोकिएर बसेका काम सक्न व्यस्त छन्।

अति प्रतिक्षित शिक्षक सेवा आयोग नियमावली संशोधनका लागि छलफल, पूर्व शिक्षामन्त्री सँग शैक्षिक क्षेत्र सुधारका लागी छलफल, विद्यालय पुनः निर्माणका लागि बजेट व्यवस्था आदि उनले गरेका आसलाग्दा काम हुन्। यसै क्रममा आज उनले सिटीईभिटीको अनुगमन गरेका छन् ।

अनुगमनका क्रममा शिक्षामन्त्री पौडेलले सीप सिक्ने, काम गर्ने, आफैँ कमाउने र आत्मनिर्भर बन्ने कुरालाई आत्मसाथ गर्दै यस्ता कुरा शैक्षिक संस्थाको प्राथमिकतामा पर्नुपर्ने बताएका छन् ।

‘सिटीईभिटीमा पुगेर अनुगमन गर्‍यौँ । सीप सिक्ने, काम गर्ने, आफैँ कमाउने र आत्मनिर्भर बन्ने कुरालाई आत्मसाथ गर्दै यी कुरा संस्थाको प्राथमिकतामा पर्नुपर्छ,’ शिक्षामन्त्री पौडेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

पछिल्लो समय सिटीईभिटी प्रति विद्यार्थी आकर्षण बढ्दो छ। खासगरि लामो समय सैद्धान्तिक शिक्षा प्रणाली अङ्गीकार गरेको नेपाली समाजमा शैक्षिक बेरोजगारहरूको सङ्ख्या अत्यधिक छ।

उच्च शिक्षा लिएर पनि कुनै निश्चित सिप नहुँदा समस्यामा परेका थुप्रै उदाहरण भएको नेपालका लागि सिटीईभिटी केही आशा जगाउन सक्ने संस्था हो। यस किसिमको संस्थाको भूमिका नेपाल जस्तो देशका लागि महत्त्वपूर्ण हुने भन्दै सक्रियतापूर्वक काम गर्न मन्त्रीले निर्देशन दिएका छन्।

मात्र एजुकेसन सँगको विशेष संवादमा छलफलमा सहभागी सिटीईभिटीका उपाध्यक्ष खगेन्द्र अधिकारीले मन्त्रीबाट अनुगमनका क्रममा सकारात्मक प्रतिक्रिया पाएको बताए। उनी अगाडी भन्छन्, “नेपाल जस्तो अत्यधिक बेरोजगारी भएको मुलुकमा प्राविधिक शिक्षाको विस्तार र पहुँच बढाउनुपर्नेमा मन्त्री ज्युको जोड रह्यो। रोजगारी सिर्जना गर्ने, तालिम र प्राविधिक शिक्षा दिने सबैभन्दा महत्त्वपूर्ण संस्था सिटीईभिटी भएकाले यसले इमान्दार ढङ्गले काम गर्दै साझा लक्ष्य प्राप्तिका लागि अग्रसर हुनुपर्छ भन्दै मन्त्रालयले गर्नुपर्ने सहयोग समन्वयका लागि आफू सधैँ तयार रहेको उहाँको धारणा थियो।”

यसैक्रममा मन्त्री पौडेलले बेरोजगारी समस्या समाधानका लागि नेपाल सरकार लागि परेको पनि बताए।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार