गृहपृष्ठ देउवा सरकारको निर्णय : हरेक फुटवल खेलाडीलाइ ५/५ लाख प्रोत्साहन रकम
देउवा सरकारको निर्णय : हरेक फुटवल खेलाडीलाइ ५/५ लाख प्रोत्साहन रकम
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले साफ च्याम्पियनसिपको उपविजेता बनेको नेपाली फूटबल टोलीका हरेक खेलाडीलाई ५/५ लाख रुपैयाँ प्रोत्साहन रकम दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को बैठकले खेलाडीलाई ५/५ लाख र प्रशिक्षकलाई ३/३ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् ।
हालै माल्दिभ्समा सम्पन्न भएको साफ च्याम्पियनसिपमा नेपाल पहिलोपटक फाइनलसम्म पुगेर उपविजेता बनेको हो । फाइनलमा भारतसँग ३–० गोल अन्तरले पराजित भएको नेपाल उपविजेतामा सीमित भएको छ ।





