२०८३ असार ११ गते बिहीवार | June 25, 2026

गृहपृष्ठ विद्यार्थीलाइ ल्यापटप

विद्यार्थीलाइ ल्यापटप

तम्घास । गुल्मीको मदाने गाउँपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत ३४५ विद्यार्थी र तीन विद्यालयलाई शैक्षिक सामग्री प्रदान गरिएको छ ।

मदाने युवा क्लबको आयोजना तथा सूर्य नेपाल प्रालिको आर्थिक सहयोगमा मदाने-२ बाँझकटेरीमा रहेका तीन विद्यालय र सोही विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सामग्री प्रदान गरिएको हो ।

पञ्चमी पोखरी प्राथमिक विद्यालय १८०, टोप्रे प्राथमिक विद्यालयका एक सय र बाझकटेरी प्राविका ६५ विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको क्लबका सदस्य ताराबहादुर घर्ती मगरले जानकारी दिए ।

विद्यार्थीलाई एक/एक झोला, एक/एक दर्जन कापि, पेन्सिल तथा कलम प्रदान गरिएको उनले बताए । पञ्चमीपोखरी प्राविका लागि बल, क्यारामबोर्ड, ह्वाइट बोर्ड दुई/दुई तथा नेट, दराज र ल्यापटप एक/एक प्रदान गरिएको छ भने सोफा, खेलौना, चार्ट लगायतका सामग्री पनि प्रदान गरिएको छ ।

टोप्र्रे प्राविका लागि खेलौना, बल, जाली, ह्वाइट बोर्ड, चार्ड एवं बाझकटेरी प्राविको लागि बल र जाली, खेलौना, चार्टलगायतका सामग्री प्रदान गरिएको छ । गाउँपालिका अध्यक्ष दानबहादुर केसीले शैक्षिक सामग्री ल्याउनमा समन्वय गर्ने क्लबलाई धन्यवाद दिँदै शैक्षिक उन्ननयका लागि उच्च प्राथमिकता दिएको जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार