गृहपृष्ठ कपिलवस्तुमा अपहरित बालकलाई सकुशल उद्धार
कपिलवस्तुमा अपहरित बालकलाई सकुशल उद्धार
कपिलवस्तु,१० कार्तिक । कपिलवस्तु शुद्धोधन गाउँपालिका वार्ड नं ३ गुलरी स्थित बाख्रा पालन फार्म सञ्चालन गर्ने अव्दुल कलाम डफालीका ६ बर्षीय छोरा सलमान खान डफालीलाई ९ गते दिउँसो करिब १:२० बजे पसलमा गएको मौका पारी अपहरणमा परेका बालकलाई कपिलवस्तु प्रहरीले सकुशल उद्धार गरेको छ ।
अपहरित बालकलाई भारतको उत्तर प्रदेश, सिद्धार्थनगर बस्ने महफुज आलमले बालकको बुबा अव्दुल कलाम मुसलमानसँग रहेको आर्थिक लेनदेनको बिषयलाई लिएर महफुज आलम सहित दुई जना भई ६ बर्षका सलमान खान डफालीलाई उनको घर नजिकैबाट अपहरण गरेका थिए ।
नम्वर नखुलेको मोटरसाईकलमा राखी भारतको सिद्धार्थनगर अलिगढवा विहवाको विभिन्न स्थानमा लगि बालकलाई बन्धक बनाई राखेको सूचना पाए पश्चात भारतिय प्रहरीको सहयोगमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका निमिक्त कार्यालय प्रमुख प्रहरी नायब उपरिक्षक धर्मराज भण्डारी नेतृत्वको प्रहरी टोलीले अपहरित नाबलकको १० गते कपिलवस्तुको माँयादेवी गाउँपालिका वार्ड नं ४ चाकरचौडा स्थित नेपाल भारत सिमाबर्ती ईलाका दशगजा स्थितबाट सकुशल उद्धार गरि अपहरित बालकलाई परिवारको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनएको छ ।






