गृहपृष्ठ नेपालमा थप ८ जना संक्रमितले गुमाए ज्यान, आज कति थपिए ?
नेपालमा थप ८ जना संक्रमितले गुमाए ज्यान, आज कति थपिए ?
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ९ हजार ४९५ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ६७२ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार ७ हजार १६७ जनाको पिअिसार परीक्षण गर्दा ५८२ र २ हजार ३२८ जनाको एन्टीजेन परीक्षण गर्दा ९० जनामा संक्रमण पुष्टि भएको हो । आज देशभर ४९५ संक्रमित निको भई डिस्चार्ज भएका छन् ।
पछिल्लो २४ घण्टामा ८ जना संक्रमितको मृत्यु भएको छ । देशभर १० हजार ३७५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर ७७ हजार २०७ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।






