गृहपृष्ठ यात्रुवाहक सवारीमा १० प्रतिशत भाडा वृद्धि
यात्रुवाहक सवारीमा १० प्रतिशत भाडा वृद्धि
काठमाडौं, २० चैत । यात्रुवाहक सवारीमा १० प्रतिशत भाडा वृद्धि भएको छ । यातायात व्यवस्था विभागले देशैभर यात्रुवाहक सवारीमा १० प्रतिशत भाडा वृद्धि गरेको हो। विभागले एक सूचना जारी गरेर आज आइतबार देखि लागु हुनेगरी अन्तर प्रदेश सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारीसाधनको भाडादर वृद्धि गरेको जानकारी दिएको हो ।
पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएसँगै विभागबाट गठित भाडा समायोजनसम्बन्धी समितिले सार्वजनिक यातायात सेवा सञ्चालनको कुल लागतमा इन्धन खर्चको योगदान प्रतिशतका आधारमा भाडामा हुनुपर्ने भन्दै पेस गरेको प्रतिवेदनका आधारमा विभागले गरेको प्रस्तावबमोजिम चैत १७ गते मन्त्रीस्तरको निर्णय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट प्राप्त सैद्धान्तिक सहमति समेतका आधारमा भाडादर समायोजन गरेको सूचनामा जनाइएको छ ।
विभागले जारी गरेका सूचनाअनुसार पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा १३ प्रतिशत र तराईंको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा १५ प्रतिशतसम्म भाडा वृद्धि गरिएको छ ।
भाडादर_वृद्धि









