२०८३ जेठ ३० गते शनिवार | June 13, 2026

गृहपृष्ठ बस दुर्घटनामा हुँदा दुईको मृत्यु, चार जनाको अवस्था गम्भीर

बस दुर्घटनामा हुँदा दुईको मृत्यु, चार जनाको अवस्था गम्भीर

पाल्पा । पाल्पामा शुक्रबार अपराह्न भएको बस दुर्घटनामा घाइते भएकाहरूमध्ये एक जना बालकसहित दुई जनाको गए राति मृत्यु भएको छ ।

शुक्रबार साँझ रैनादेवि छहरा गाउँपालिका स्थित भित्री सडकमा भएको बस दुर्घटनामा परी रैनादेवि गाउँपालिका-६ धारापानीका ४२ वर्षीय वेदबहादुर जिसी र सोही स्थानका होमबहादुर रासकोटीका ७ वर्षीय छोरा अशोक रासकोटीको मृत्यु भएको हो । जिसी बस धनी र चालक समेत रहेको प्रहरीले जनाएको छ । घटनामा चार जना बालकहरू गम्भीर घाइते भएका छन् ।

सोही वडाको पानीडाँडाबाट जुठापानीतर्फ जाँदै गरेको गु १ ख ४९०९ नम्बरको बस सडकदेखि करिब चार सय मिटर तल खसेको थियो । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकृत डिएसी वीरेन्द्र थापाका अनुसार गम्भीर घाइते हुनेहरू मध्ये तीन जनाको लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभासमा उपचार भइरहेको र एक जनालाई भैरहवा रिफर गरिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार