२०८३ असार १६ गते मंगलवार | June 30, 2026

गृहपृष्ठ एक्साभेटर भीरबाट खस्दा गुल्मीमा चालकको मृत्यु

एक्साभेटर भीरबाट खस्दा गुल्मीमा चालकको मृत्यु

गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिका -२ रातापानीदेखि लुम्छातर्फ जाँदै गरेको लु १ क ४७७१ नम्बरको एक्साभेटर भीरबाट खस्दा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

दुर्घटनामा परी एक्साभेटर चालक दाङ जिल्ला शान्तिनगर गाउँपालिका १ तिलकपुर बस्ने अन्दाजी ३३ वर्षीय यज्ञ वलीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधवराज खरेलले जानकारी दिए । प्रहरीका अनुसार एक्साभेटर भीरबाट झण्डै पाँच सय मिटर तल खसेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार