२०८३ असार १६ गते मंगलवार | June 30, 2026

गृहपृष्ठ खुसीको खबर सगरमाथा जलविद्युत कम्पनीको ५४ लाख ८८ हजार कित्ता आईपीओ आउँदै

खुसीको खबर सगरमाथा जलविद्युत कम्पनीको ५४ लाख ८८ हजार कित्ता आईपीओ आउँदै

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले आईपीओ निस्कासन गर्ने भएको छ ।इलाम नगरपालिकामा रहेको ९.६ मेगावाटको माथिल्लो माई जलविद्युत आयोजनाको विकासकर्ता सगरमाथा जलविद्युत कम्पनीले आयोजना प्रभावित, सर्वसाधारण, आफ्ना कर्मचारी र सामुहिक लगानी कोषसहितका लागि ५४ लाख ८८ हजार कित्ता आईपीओ निस्कासन गर्ने भएको हो ।

कम्पनीको कुल पुँजी १ अर्ब १२ करोड छ । जसमध्ये स्थानीयका लागि ११ लाख २० हजार कित्ता र सर्वसाधारण, कर्मचारी तथा सामुहिक लगानी कोषका लागि ४३ लाख ६८ हजार कित्ता गरी कुल ५४ लाख ८८ हजार कित्ता आईपीओ खुला गर्ने तयारी गरेको हो ।आईपीओ निस्कासनका लागि कम्पनीले प्रभु क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार