२०८३ असार १६ गते मंगलवार | June 30, 2026

गृहपृष्ठ यूएईएफए नेसन्स लिग : घरेलु मैदानमा स्विडेन सर्वियासँग पराजित

यूएईएफए नेसन्स लिग : घरेलु मैदानमा स्विडेन सर्वियासँग पराजित

काठमाडौँ । यूएईएफए नेसन्स लिग अन्तर्गत बिहीबार राति भएको खेलमा स्विडेन पराजित भएको छ। घरेलु मैदानमा स्विडेन सर्वियासँग १–० ले पराजित भएको हो। सर्वियाको जितमा लुका जोभिकले गोल गरे । उनले पहिलो हाफको इन्जुरी समयमा गरेको गोल नै निर्णायक सावित भयो ।

खेलसँगै समूह बी ४ मा नर्वे तीन खेलबाट ७ अंक सहित शीर्षस्थानमा छ । समान खेलबाट ६ अंकको सर्विया दोस्रो स्थानमा छ । तीन अंकको स्विडेन र १ अंकको स्लोभेनिया क्रमशः तेस्रो र चोथो स्थानमा छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार