गृहपृष्ठ यूएईएफए नेसन्स लिग : स्वीजरल्यान्डलाई पराजित गर्दै स्पेनले निकाल्यो पहिलो जित
यूएईएफए नेसन्स लिग : स्वीजरल्यान्डलाई पराजित गर्दै स्पेनले निकाल्यो पहिलो जित
काठमाडौँ । स्वीजरल्यान्डलाई १–० अन्तरले पराजित गर्दै स्पेनले यूएईएफए नेसन्स लिगमा पहिलो जित निकालेको छ । शुक्रबार रातिको जितसँगै समूह ए २ मा स्पेनले पहिलो तिन अंक हासिल गरेको हो । भ्रमणकारी टोलीका लागि एक मात्रै निर्णायक गोल पाप्लो सरवियाले गरे ।
उनले १३औं मिनेटमा मार्कोस लोरेन्टेको पास सदुपयोग गरे । बाँकी समयमा दुबै टोलीले गोल गर्न नसक्दा स्पेनले १–० को जित पायो । प्रतियोगितामा तीन खेल खेल्दा स्पेन ५ अंक सहित तालिकाको दोस्रो स्थानमा छ । यता, पराजित स्विजरल्यान्ड तीन खलबाट बिना कुनै अंक पुछारमा छ ।





