२०८३ असार १६ गते मंगलवार | June 30, 2026

गृहपृष्ठ काठमाडौँ महानगरपालिका र सिसडोल-बन्चरेडाँडाका प्रतिनिधिबीच काठमाडौँको फोहोर उठाउन भयो सहमति

काठमाडौँ महानगरपालिका र सिसडोल-बन्चरेडाँडाका प्रतिनिधिबीच काठमाडौँको फोहोर उठाउन भयो सहमति

काठमाडौँ । स्थानीय तहको निर्वाचन अघिदेखि थुप्रिएको काठमाडौँको फोहोर आजदेखि पुन: उठाउन थालिने भएको छ । काठमाडौँ महानगरपालिका र सिसडोल-बन्चरेडाँडाका प्रतिनिधिबीच बिहीबार राति १ बजे सकिएको वार्तामा उपत्यकाको फोहर व्यवस्थापनमा सहमति जुटेको हो ।

ल्यान्डफिल साइट प्रभावित क्षेत्रका जनप्रतिनिधि, स्थानीय र काठमाडौँ महानगरपालिकाबीच भएको १८ बुँदे सहमतिअनुसार अब फोहोर ढुवानी रातिको समयमा मात्र हुनेछ । यसअघि पनि आन्दोलनरत क्षेत्रका जनप्रतिनिधि र महानगरसँगै सहरी विकास मन्त्रालयबीच सहमति जुटेको थियो । तर, स्थानीयले आन्दोलन जारी नै राखेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार