२०८३ असार १५ गते सोमवार | June 29, 2026

गृहपृष्ठ हिन्दुवादी संगठन पाल्हीनन्दनकाे पहलमा २७ गोरुकाे उद्वार

हिन्दुवादी संगठन पाल्हीनन्दनकाे पहलमा २७ गोरुकाे उद्वार

ज्ञानेश्वर सहानी, पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वडा नं ४ पाल्हीगाउँबाट ८ वटा गोरु तथा सरावल गाउँपालिका वडा न.५ जितपुरबाट १७ गोरु गाई हिन्दुवादी संगठन पाल्हीनन्दनले समाति प्रहरीलाई बुझाएको छ । पाल्हिनन्दन गाउपालिकाको वडा नम्बर ६ को पडरी नाकाबाट सनई, बैरवा पाल्ही, प्रर्सिया, कुस्मा, सुगौली हुदै सरावल गाउँ पालिका जादै गरेको राति ३ बजे र पाल्ही गाउँबाट ८ गोरु तथा ५ जना तस्कर र Up 56 P 8645 नम्बरको बाईक समाति गेर्मी प्रहरी चाैकीलाई बुझाएको हिन्दुवादी संगठन पाल्हीनन्दनको हिर्देश गुप्ताले जनकारी दिनुभएको छ।

गेर्मी प्रहरी चाैकीले ८ वटा गोरु तथा ५ जना तस्कर र Up 56 P 8645 नम्बर को बाईक महेशपुर भन्सार कार्यालयमा बुझाएको गेर्मी प्रहरी चाैकीको असई लक्ष्मण रास्कोटिले जनकारी दिनुभएको छ। सरावल गाउँपालिका वडा नम्बर.५ जितपुरमा हिर्देश यादव तथा बेचई यादवको घरबाट १७ वटा गोरु गाई समातेको गोबरहिया प्रहरी चाैकीले जनाएको छ।

पाल्हिनन्दन गाउपालिकाको वडा नम्बर ६ को पडरी सनई, बैरवा ,पाल्ही, प्रर्सिया, कुस्मा, सुगौली नाका हुदै सरावल गाउँपालिकाका तिर जाने गरेको हिन्दुवादी संगठन पाल्ही नन्दनले जनकारी दिइएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार