२०८२ वैशाख ११ गते बिहीवार | April 24, 2025

गृहपृष्ठ घरहुँदै समाज सुधारका लागि महिलाहरुको भूमिका महत्वपूर्ण हुन्छ : राज्यमन्त्री रिना

घरहुँदै समाज सुधारका लागि महिलाहरुको भूमिका महत्वपूर्ण हुन्छ : राज्यमन्त्री रिना

बुटवल । लुम्बिनी प्रदेश पर्यटन तथा पूर्वाधार विकास राज्यमन्त्री रिना नेपाल विकले घर हुंदै समाज सुधारका लागि महिलाहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । महिलाहरु असल भए समाजमा परिवर्तन आउने र समाज पनि असल बन्ने उहाँले बताउनुभयो ।

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले बिहिबार आयोजना गरेको तीज मिलन कार्यक्रममा उहांले तीज लगायतका पर्वहरुलाई भड्किलो र खर्चीलो बनाउन नहुने बताउनुभयो । भड्किलो रुपमा मनाइने पर्वहरुले समाजमा विकृति फैलाउने र धनि र गरिब बीच विभेद ल्याउने राज्यमन्त्री विकले बताउनुभयो । समयको मागअनुसार पर्वहरुमा पनि परिवर्तन आएको उल्लेख गर्दै अहिलेको युग वैज्ञानिक युग भएकाले प्रवृधिको प्रयोगसंगै हामीले मनाउने पर्वहरुमा केही परिवर्तन आएको मन्त्री विकले जोड दिनुभयोे ।

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देही अध्यक्ष राम प्रसाद गौतमले कला संस्कृति जर्गेना र व्यवसायीको बानी व्यवहारमा परिवर्तनका लागि संघले सबै पर्वहरुको अवसरमा कार्यक्रमहरुको आयोजना गर्ने गरेको बताउनुभयो । समयको माग अनुसार पर्वहरुलाई प्रगतिशील बनाउनका लागि समाजका हरेक मानिसको प्रविृत्ति तथा सोचमा परिवर्तन आउन जरुरी रहेको कार्यक्रममा सहभागिहरुले जोड दिएका थिए । कार्यक्रम संयोजक राधा थापा क्षेत्री सांस्कृतीक संयोजक तुल्सीराम पराजुली महासचिव माधवकुमार खनाल लगाएतले हरेक पर्वलाई पर्यटनसंग जोडेर मनाउन जरुरी रहेको औल्याएका छन ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार