२०८३ असार ८ गते सोमवार | June 22, 2026

गृहपृष्ठ नवलपरासी टेन्ट क्याटरिङ्ग तथा पार्टी प्यालेस व्यावसायिक संघको प्रथम अधिवेशन तथा साधारणसभा सम्पन्न

नवलपरासी टेन्ट क्याटरिङ्ग तथा पार्टी प्यालेस व्यावसायिक संघको प्रथम अधिवेशन तथा साधारणसभा सम्पन्न

ज्ञानेश्वर सहानी,नवलपरासी । पश्चिम नवलपरासी टेन्ट,क्याटरिङ्ग तथा पार्टी प्यालेस व्यावसायिक संघकाे प्रथम अधिवेशन तथा साधारणसभा आज सम्पन्न भएकाे छ । पश्चिम नवलपरासीको टेन्ट,क्याटरिङ्ग तथा पार्टी प्यालेस व्यावसायिक संघका अध्यक्ष घनश्याम पंगेनीकाे अध्यक्षता तथा पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ताकाे प्रमुख आतिथ्यता तथा मिष्ठान तथा क्याटरिङ्ग लुम्बिनी प्रदेशका अध्यक्ष लक्ष्मण पाेख्रेलकाे विशिष्ट आतिथ्यतामा प्रथम अधिवेशन तथा साधारणसभा सम्पन्न भएकाे छ ।

कार्यक्रममा स्वागत मन्तव्य संघकी वरिष्ठ उपाध्यक्ष लक्ष्मी चापागाईं भट्टराईले राख्नु भएकाे थियो। लुम्बिनी प्रदेशका मिष्ठान तथा क्याटरिङ्ग संघका अध्यक्ष लक्षमण पाेख्रेलले मन्तव्य राख्नुभएको थियाे भने संघमा आवद्ध सदस्यहरुलाई सदस्यता प्रमाणपत्र वितरण गरिएको कार्यक्रम संचालक रोशन साहले जानकारी दिनुभयाे ।

अधिवेशनबाट अध्यक्षमा पुन घनश्याम पंगेनी चयन हुनुभएको छ भने वरिष्ठ उपाध्यक्षमा पुरुषाेत्तम पाण्डे,उपाध्यक्षमा सुनेश्वर प्रसाद विक,सचिवमा दिलिप कुमार गुप्ता,काेषाध्यक्षमा जय बिजय गुप्ता,सह सचिवमा अवधेश गुप्ता, सदस्यहरुमा नन्दलाल हरिजन, अशोक कुमार गुप्ता, इरफान खान, नर बहादुर गुप्ता, प्रेम सागर गुप्ता,नरेन्द्र चाैधरी,इरसाद अहमद चयन हुनुभएको छ ।

जसको लेखा समिति संयाेजकमा धर्मेन्द्र कुमार चाैधरी,सदस्यहरु कुन्ज विहारी गाैड,नदरुद्विन धाेबी चयन भएका छन् भने सल्लाहकार समितिमा लक्ष्मी चापागाईं भट्टराई, संजय कुमार गुप्ता,मातिराम चाैधरी, उमेश गुप्ता, सनन्दन विकलाई चयन गरिएकाे संघका अध्यक्ष पंगेनीले जानकारी दिनुभयाे । नवलपरासी टेन्ट,क्याटरिङ्ग तथा पार्टी प्यालेस व्यावसायिक संघमा कुल ११० जना सदस्य आवद्ध रहेकाे संघका काेषाध्यक्ष जय बिजय गुप्ताले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार