२०८३ वैशाख ५ गते शनिवार | April 18, 2026

गृहपृष्ठ नेपाली सेना स्थापना दिवसको अवसरमा बुटवलमा दौड प्रतियोगिता सम्पन्न

नेपाली सेना स्थापना दिवसको अवसरमा बुटवलमा दौड प्रतियोगिता सम्पन्न

बुटवल । खेलकुद क्षेत्रलाई संस्थागत गर्न “खेलकुदको विकास तथा आफ्नो स्वास्थ्यका लागि दौड” भन्ने मुल संदेश प्रवाह गर्दै नेपाली सेनाले खुल्ला दौड प्रतियोगिताको आयोजना गरेको छ। नागरिक-सैनिक बिचको सम्बन्ध सुमधुर बनाउने उद्देश्य अनुरुप “नेपाली सेना स्थापना २६० औं वार्षिकोत्सब तथा महाशिव रात्री २०७९” को उपलक्ष्यमा श्री मध्य पश्चिम पृतना हेडक्वाटर र २२ बाहिनी अड्डा बुटवलको संयुक्त पहलमा र विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरुको सहकार्यमा खुल्ला हाफ् म्याराथन २१ किलोमिटर (पुरुष) तथा १० किलोमिटर (पुरुष/महिला) दौड प्रतियोगिता शनिबार सम्पन्न भएको छ।

रुपन्देहीको देवदह (पिपलबोट)बाट बुटवल स्थित जितगढी सम्म हाफ् म्याराथन र जितगढि नयागाउँ हुँदै जितगढि सम्म १० किलोमिटर महिला पुरुष सहभागी उक्त दौड प्रतियोगितामा करिब ५०० जनाको सहभागिता रहेको थियो। पुरुष तर्फको २१ किलोमिटर म्याराथन दौडमा सेनाका गजेन्द्र राई प्रथम, सुशील कुमार शाही द्धितिय, जितेन्द्र दनुवार तृतिय हुन सफल भएका हुन्। विजेतालाई क्रमश: ४० हजार, २५ हजार र १५ हजार रुपैया नगद राशी सहित सम्मानित गरिएको छ। सोही कार्यक्रममा १० किलोमिटर पुरुषतर्फ खगेन्द्र राना भाट प्रथम, सञ्जित नेपाली द्धितिय, रमेश सिंजापति तृतिय हुन सफल भएका हुन्। विजयीलाई क्रमश: नगद रु. १५ हजार, १० हजार र ५ हजार पुरस्कार सहित सम्मान गरिएको हो ।

१० किलोमिटर महिला तर्फ भने गीता बि.क. प्रथम निर्मला के.सि. द्धितिय, धनमाया बोहरा तृतिय हुन सफल भएका हुन् । विजयी हुन सफल उनिहरुलाई क्रमश: १५ हजार, १० हजार र ५ हजार रुपैयाँ नगद पुरस्कार सहित सम्मान गरिएको हो। कार्यक्रममा बुटवलका नगर प्रमुख खेलराज रेग्मी र श्री मध्य पृतना हेडक्वाटर पृतनापति उपरथी याम प्रसाद ढकाल, २२ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी नवराज गुरुङ्ग, सुरक्षा निकायका प्रमुखहरु, समाजसेवी तथा संचारकर्मिहरुको समेत उपस्थिति रहेको थियोे।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार