२०८३ असार १ गते सोमवार | June 15, 2026

गृहपृष्ठ निर्वाचन आयोगद्वारा चितवन–२ को उपनिर्वाचनका लागि दल दर्ताको आव्हान

निर्वाचन आयोगद्वारा चितवन–२ को उपनिर्वाचनका लागि दल दर्ताको आव्हान

काठमाडौँ । निर्वाचन आयोगले आगामी १० वैशाखमा हुन गइरहेको उपनिर्वाचनका लागि राजनीतिक दल दर्ताका लागि आव्हान गरेको छ । प्रतिनिधिसभाका तत्कालीन सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरिदिए रिक्त रहेको चितवन–२ मा १० वैशाखमा हुन गइरहेको उपनिर्वाचनका दल दर्ता गर्न आज आव्हान गरेको हो । आयोगका अनुसार १० फाल्गुन देखी १६ फाल्गुनसम्म दल दर्ता गरिसक्नु पर्नेछ ।

‘नेपालको संविधानको धारा २७१ र राजनीतिक दल सम्वन्धि ऐन २९७३ को दफा ४ बमोजिम संबत २०७९ फागुन १० देखी फाल्गुन १६ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची–१२ बमोजिमको ढाँचामा निर्वाचन आयोग, कान्तिपथ काठमाडौंस्थित कार्यालयमा दर्ताका लागि यो निवेदन सूचित गरिन्छ,’ आयोगद्वारा जारी सूचनामा भनिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार