२०८३ असार १ गते सोमवार | June 15, 2026

गृहपृष्ठ New Environment School मणिग्राममा लुम्बिनी बिकास बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

New Environment School मणिग्राममा लुम्बिनी बिकास बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

तिलोत्तमा ।  Global Money Week कार्यक्रम अन्तर्गत लुम्बिनी बिकास बैंक लिमिटेडले पनि मणिग्राम शाखाको संयोजनमा New Environment English Secondary School मणिग्राममा वित्तीय साक्षरता कार्यक्रम यहि March 23, 2023 सम्पन्न गरेको छ । उक्त कार्यक्रममा विद्यालयका १२० जनाभन्दा बढी विद्यार्थीको सहभागिता रहेको लुम्बिनी बिकास बैंक लिमिटेड मणिग्राम शाखाका शाखा प्रबन्धक शंकर पाण्डेले जानकारी दिनुभयो ।

साथै उहाँले उक्त कार्यक्रममा रुपन्देहीका अन्य शाखाहरु देवीनगर, भैरहवा, र ट्राफिक चोक शाखाबाट पनि शाखा प्रवन्धकहरुको उपस्थिति रहेको जानकारी दिनुभयो ।  उक्त वित्तीय साक्षरता कार्यक्रमको संयोजन विद्यालयका तर्फबाट लेखा शिक्षक छवि श्रीसले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार