२०८३ वैशाख ३ गते बिहीवार | April 16, 2026

गृहपृष्ठ पाल्पा भैरवस्थान रूपन्देही परिवार बुटवलद्वारा नवबर्षको शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न

पाल्पा भैरवस्थान रूपन्देही परिवार बुटवलद्वारा नवबर्षको शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न

बुटवल । पाल्पा भैरवस्थान रूपन्देही परिवार बुटवलले नयाँ बर्ष २०८० सालको शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न गरेको छ । बुटवल सुक्खानगरमा अवस्थित मेरीगाेल्ड हाेटलको सभाहलमा एक कार्यक्रमको आयोजना गर्दै शुभकामना आदानप्रदान एवं भित्तेपात्रो बिमोचन गरेको हो । भित्तेपात्रो प्रकाशनको लागि दिग्विजय अधिकारीको संयोजकत्वमा ३ सदस्यीय उपसमिति गठन गरिएको थियो ।

पाल्पा भैरवस्थान रूपन्देही परिवारका अध्यक्ष मेघराज कंडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष केशब खनाल, लगायत संस्थाका सल्लाहकारहरु, कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, संस्थाका लेखा संयोजक तथा सदस्यहरु, संस्थाका सांस्कृतिक उप-समिति संयोजक तथा सदस्यहरुको उपस्थिति रहेको उक्त कार्यक्रमको संचालन संस्थाका सचिव नारायण प्रसाद खनालले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार