२०८१ असोज २९ गते मंगलवार | October 15, 2024

गृहपृष्ठ बिकास निर्माण र राजनितिलाई सँगसँगै लैजानुपर्छ : नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेल

बिकास निर्माण र राजनितिलाई सँगसँगै लैजानुपर्छ : नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेल

बुटवल । नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेलले एमाले विकासको नायक रहेको बताएका छन्। नेकपा एमाले रुपन्देहीको हालै सम्पन्न नवनिर्वाचित कमिटीलाई पदस्थापन गराउँदै उपाध्यक्ष पौडेलले बिकास निर्माण र राजनितिलाई सँगसँगै लैजानु पर्ने बताए। सर्वसम्मत नेतृत्व चयनले पार्टीलाई उत्साहित र बिरोधिलाई निराश बनाएको भन्दै उनले निर्वाचित कमिटी एक भएर लाग्न आग्रह गरे। काम गर्दै जादा अन्तरबिरोध उत्पन्न भए छलफल गरेर समाधान गर्न सकिन्छ तर, एकले अर्काको आलोचना बिरोध गरेर समय व्यतीत गर्ने परिपाटी आजैबाट त्याग्न आग्रह गरे।

एकताको तागत अतुलनीय हुन्छ भन्ने कुरालाई व्यवहारिक बनाउन उनले नयाँ निर्वाचित कमिटीलाई निर्देशन पनि दिए। पुर्व उपप्रधानमन्त्री समेत रहेका पाैडेलले च्यासलकाे नीति सिहदरबार, बुटवलकाे निर्णय देउखुरि र हरेक पालिकाकाे नीति स्थानिय सरकारमा लैजानेगरि निर्वाचन जितेर मात्रै जनताकाे अपेक्षा पूरा गर्न सकिने बताए। गत जेठ २३ गते सम्पन्न अधिवेशनले यज्ञ गैरेको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको थियो। कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य एवं लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री लिला गिरीले पार्टीका हरेक कार्यकर्ता उत्पादनसँग जाेडिदै राजनितिमा क्रियाशिल हुनुपर्ने बताए।

अर्का पोलिटब्युरो सदस्य दधिराम न्यौपानेले पार्टीको नीति तथा सिद्धान्तलाई जनताको जीविकोपार्जनसँँग तारतम्य मिलाएर प्रभावकारी काम गर्नुपर्ने बताए। कार्यक्रममा पार्टीका प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कंडेल, नवनिर्वाचित अध्यक्ष यज्ञ गैरे, निवर्तमान अध्यक्ष तेजेन्द्र केसी, सचीव चित्र बहादुर कार्की लगायतले पार्टीको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार