२०८१ साउन ८ गते मंगलवार | July 23, 2024

गृहपृष्ठ बैतडीकी कल्पना विष्ट र रचना रिमाल पहिलो सहकार्य रहेको “दिदी बहिनी” गीतले दर्शक श्रोताको मन जित्दै

बैतडीकी कल्पना विष्ट र रचना रिमाल पहिलो सहकार्य रहेको “दिदी बहिनी” गीतले दर्शक श्रोताको मन जित्दै

इज्जत कंडेल, बुटवल । डा. बिष्णुमुर्ती भट्टराईको शब्द, चर्चित गायिका रचना रिमाल र नव गायिका कल्पना विष्टको आवाज र पछिल्लो समयका व्यस्त गायक, सर्जक, संगीतकार श्रीधर अधिकारीको संगीतमा रहेको आधुनिक गीत “दिदी बहिनी” गीत सार्बजनिक भएको छ । “दिदी बहिनी”  म्युजिक भिडियोलाई छायांकन र सम्पादन मिराज अर्याल गरेका छन् । गीतले दर्शक श्रोताको मन जितिरहेको र सकारात्मक प्रतिक्रियाहरु आइरहेको टिमले बताएको छ ।

पेशाले सल्यचिकित्सक रहेका डा.बिष्णुमुर्ती भट्टराईको विशेष रुचि गीत लेखन रहेको बताउछन् । केहि समय अघि मात्र उनकै रचनामा मेरो तस्बिर, सलाई, मुटु जलाई जाउ, बिर्सनु कसरी  गीत बजारमा आइसकेका छन् जुन गीतहरुले दर्शक स्रोताको निकै राम्रो माया पाउन सफल भएको छन्। “दिदी बहिनी” गीत गायिका रचना रिमालको Official YouTube Channel Rachana Rimal बाट बजारमा आएको छ। गीतको पूर्ण रुपमा सफलताको सम्पूर्ण टिमलाइ हाम्रो तर्फबाट धेरै शुभकामना ।

हेर्नुहोस् गीतको पुरा भिडियो :

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार