२०८३ वैशाख १९ गते शनिवार | May 02, 2026

गृहपृष्ठ त्रि वि द्वारा नतिजा प्रकाशित (हेर्नुहोस)

त्रि वि द्वारा नतिजा प्रकाशित (हेर्नुहोस)

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नतिजा प्रकाशित गरेको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय परीक्षा नियन्त्रण महाशाखा बल्खुले नतिजा प्रकाशित गरेको हो ।

त्रिविले प्रवेश परीक्षाको नतिजा प्रकाशित गर्दै भनेको छ, ‘यस संकायद्धारा २०७८ साल असोज १२ गते सञ्चालित स्नातकोत्तर तहको प्रवेश परीक्षाको नतिजा यस शिक्षाशास्त्र संकाय परीक्षा सञ्चालक समितिको बैठकको निर्णय बमोजिम प्रकाशित गरिएकोले सम्बन्धित सबैलाई सूचित गरिन्छ ।’

त्रिविले दिएको जानकारी अनुसार सबै क्याम्पसहरुले प्रवेश परीक्षामा सफल हुने परीक्षार्थीहरुलाई यही २०७८ साल कार्तिक १७ गतेसम्म भर्ना गराई २०७८ साल कार्तिक २५ गतेदेखि कक्षा सञ्चालनको व्यवस्था गर्नुपर्नेछ ।

अर्कोतिर १० जना भन्दा कम विद्यार्थी भएको विषयमा कार्यक्रम सञ्चालन गर्न नपाइने पुनः स्मरण गराइएको छ ।

यसरी कुनै विषयमा १० जना भन्दा कम विद्यार्थीहरु भएमा विद्यार्थीहरुलाई अन्य क्याम्पसमा भर्ना व्यवस्थापन गरिदिनु हुन सूचित गरिन्छ ।

अन्य क्याम्पसमा गई अध्ययन गर्न असमर्थ विद्यार्थीहरुका लागि शिक्षाशास्त्र केन्द्रीय विभागमा अनलाइन माध्यमबाट पढाई हुने कक्षामा भर्नाको व्यवस्था रहेको समेत जानकारी गराइन्छ ।

हेर्नुहोस्:

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार