२०८३ वैशाख १९ गते शनिवार | May 02, 2026

गृहपृष्ठ नुहाउने क्रममा चिप्लिएर एक युवकको मृत्यु

नुहाउने क्रममा चिप्लिएर एक युवकको मृत्यु

काठमाडौं । नुहाउने क्रममा उदयपुरको बेलका नगरपालिका-५ स्थित झरनामा नुहाउने क्रममा चिप्लिएर एक युवकको निधन भएको छ ।

सो दहमा खस्दा मध्याह्न १२ बजे सिलवाल बेपत्ता भएका थिए । बेपत्ता भएका सिलवाललाई इलाका प्रहरी कार्यालय रामपुर र स्थानीयको सहयोगमा खोजी कार्य थालेको थियो ।

खोजतलासका क्रममा उनको शव साँझ ५ बजे फेला पारेको प्रहरीले जनाएको छ । प्रायः गर्मीको समयमा स्थानीयवासी र बाहिरबाट आउने युवायुवतीहरू उक्त दहमा पौडी खेल्ने गर्दछन् ।

पौडी खेल्ने क्रममा केहीको मृत्यु भइसकेको छ भने धेरै युवावुतीहरु घाइते भएर घर फर्कने गरेको स्थानीयहरू बताउँछन् ।

स्थानीयहरूका अनुसार बेलका नगरपालिकाले त्यस दहलाई पर्यटकीय स्थलको सूचिमा राख्दै आएको छ भने गर्मीको समय र बिदाको दिन ठूलो सङ्ख्यामा पौडी खेल्नहरु आउने गरेको छन् । Nuwakot expess

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार