२०८३ वैशाख १९ गते शनिवार | May 02, 2026

गृहपृष्ठ १७ हजार स्थायी शिक्षक पदपुर्ती गरिदै

१७ हजार स्थायी शिक्षक पदपुर्ती गरिदै

काठमाडाैं । शिक्षक सेवा आयोगले १७ हजारभन्दा बढी शिक्षक पदका लागि आवेदन माग गर्ने भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले गत साता रिक्त शिक्षक दरबन्दीको फेहरिस्त शिक्षक सेवा आयोगलाई पठाएको छ ।

आयोगले शिक्षक पदमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रयोजनका लागि केन्द्रसँग सो सङ्ख्या माग गरेको थियो ।

केन्द्रका अनुसार १७ हजार ४७ पदमा पदपूर्ति गर्न आयोगसमक्ष विवरण पठाइएको छ । केन्द्र सूत्रका अनुसार प्राथमिक तहमा १२ हजार ९१२ पद, निम्न माध्यमिक तहमा दुई हजार ५९३ पद र माध्यमिक तहमा एक हजार ५४२ पदमा आवेदन माग गरी पदपूर्तिका लागि आयोगलाई पत्राचार गरिएको छ ।

यसैगरी केन्द्रले शिक्षक बढुवाका लागि पनि विवरण आयोगमा पठाएको छ ।केन्द्रका अनुसार प्राथमिक तह पहिलो श्रेणीका लागि ४५२ पद र प्राथमिक तह द्वितीय श्रेणीका लागि एक हजार ६९३ पदमा बढुवा गरिनेछ ।

त्यस्तै निम्न माध्यमिक तह पहिलो श्रेणीमा ७८ र निम्न माध्यमिक तह द्वितीय श्रेणीमा ४७८ जनाको तथा माध्यमिक तह पहिलो श्रेणीमा १२४ र माध्यमिक तह द्वितीय श्रेणीमा ४८४ जना शिक्षकको बढुवा गरिनेछ ।

यसैबीच शिक्षक सेवा आयोगका अध्यक्ष मधु रेग्मीले सञ्चारमाध्यमका आएका समाचारहरु गलत भएको दावी गरेका छन् ।

प्रधानमन्त्रीबाट आयोगलाई दवाव आएको लगायतका आयोगसँग सम्बन्धित समाचारहरु गलत रहेको उनले दावी गरे ।

पछिल्लो समयमा स्थायी अध्यापन अनुमतिपत्रको परीक्षा लिएर त्यसको नतिजा सार्वजनिक भएपछिमात्र स्थायी पदपूर्ति गर्नुपर्ने भन्ने विद्यार्थीहरुको भनाइ रहँदै आएको छ भने विगतमा स्थायी अध्यापन अनुमति लिएर खुला प्रतिस्पर्धाको प्रतीक्षामा लामो समयदेखि रहँदै आएकाहरुले पहिले स्थायी पदपूर्तिका लागि आवेदन माग गर्नुपर्ने माग राख्दै आएका छन् ।

आयोगका अध्यक्ष रेग्मीले पहिले शिक्षक पदका लागि खुला पदपूर्ति गर्ने वा स्थायी अध्यापन अनुमतिपत्रको परीक्षा सञ्चालन गर्ने भन्नेमा आयोग कुनै निर्णयमा नपुगेको बताउँदै भने, “यस बारेमा छलफल भइरहेको छ ।

कुनै निर्णय भएको छैन । निर्णय भएपछि जानकारी गराउने छौँ ।” उनले आवेदन आह्वान दशैँ अगावै गर्ने भन्नेमा अहिले नै बताउन नसकिने स्पष्ट पारे ।
साथ-साग आफैंमा उपयोगी तरकारी हो । पकाएर र काँचै खान मिल्ने साग स्वादिलो पनि हुन्छ । त्यसमा पनि रायोको साग बहु उपयोगी हुन्छ । संसारभर पाइने अनकौँ तरकारीमध्ये दोस्रो बढी पोषणयुक्त तरकारीमा रायो पर्छ ।

तसर्थ, रायो स्वास्थ्यका दृष्टिले झनै लाभदायक छ । धेरै पकाउँदा भने यसमा रहेका पोषण तत्व न´ष्ट हुन सक्छ ।यो उपयोगी रायोको सागका फाइदा थाहा पाउनुहोस् : रायोको सागमा भिटामिन ए प्रशस्त मात्रामा पाइन्छ । र´तन्धो, पुरानो बाथ, कफ आदिबाट बच्न रायो उपयोगी हुन्छ ।

रायोमा पाइन्ने भिटामिन ए, सी र केयुक्त तत्वले हाम्रो शरीरमा एन्टिअक्सिडेन्टको काम गर्छन् । रायोको सागमा पाइने फोलिक र म्याग्नेसियमले शरीरमा रहने विभिन्न विकारयुक्त वस्तुलाई बाहिर निकाल्छ ।

रायोको दाना पिसेर तरकारीमा हालेर खाँदा पाचन पक्रिया बलियो बन्छ । यसले भोक नलाग्ने समस्यासमेत हटाउँछ ।शरीरमा भिटामिन केको कमी भएमा गर्भवतीलाई वाकवाकी बढी नै लाग्ने, टाउको दुख्नेजस्ता स´मस्या हुन्छ ।

रायोको सागमा भिटामिन के प्रचुर मात्रामा पाइने भएकाले गर्भवतीलाई खुवाउँदा समस्या हल हुन्छ । जाडोमा बाथका रोगीलाई हड्डी दुख्ने सम´स्या हुन्छ, खासमा बढी बुढाबुढीलाई । रायोमा पाइने कपरले यो समस्या हल गर्छ। रायो भिटामिन सीको पनि राम्रो स्रोत हो ।

तसर्थ, रु´घाखो´की लागिरहने मानिसले रायोको साग खानुपर्छ । रायोले पि´साबनलीमा हुने पत्थ´रीलाई कम गर्छ । रायोको साग नियमित खाँदा क्या´न्सरको जो´खिमलाई कम गर्दछ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार