२०८३ वैशाख १९ गते शनिवार | May 02, 2026

गृहपृष्ठ चर्चित गायक बसन्त थापा र देवि घर्तिको उहि खोलिमा पानी २ बजारमा(हेरौ भिडियो)

चर्चित गायक बसन्त थापा र देवि घर्तिको उहि खोलिमा पानी २ बजारमा(हेरौ भिडियो)

सुमन ढकाल,काठमाण्डौ । सांगित बजार यतिबेला संगितमय बन्दै गएको छ। सांगितिक बजारमा आधुनिक गीतले निकै चर्चा कमाइरहेको देख्न सकिन्छ। कस्ता गित लोकप्रिय हुन्छन र दर्शक श्रोताले मन पराउछन भन्न सकिदैन भने संगै कति गीतहरुले त करोड क्लव पार गरिसकेका छन् त कति गर्ने बालामा छन् ।

यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गीत दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन्।

गीत निकै मिठो बनेको छ। गीतको भाव शब्द चयन संगै मिठो धुन मिसिएको लय बनेर गीत बजारमा आउदा नरुचाउने कम नै होलान् य तर साच्चिकै गित मर्मस्पर्शी बन्छ। गीतको आवाजले मन छुन्छ मुटुमा बस्छ।

माधुरियता संगै सुमधुर आवाजले दर्शक श्रोताको मन पंग्लिन पुगेको हुन्छ यस्ता कुरा गितको कथाले बताईरहेको हुन्छ। संगै अभिनय पनि एक विशेष पात्र हो जुन पर्दा अगाडीनै झल्किरहेको हुन्छ।

झ्यास्स गीतको भिडियो हेर्दा अभिनय देखिन्छ त्यो एउटा मुख्य पाटो हो।गीत संगै भिडियोले बजार तताईरहेको हुन्छ।

युट्युबमा पहिलोपटक एक करोड भ्युज पाउने लोकदोहोरी गीत हो, ‘उही खोलीमा पानी…’।पाँच वर्ष अगाडि सार्वजनिक यस गीतमा केशव पौडेलको शब्द, बसन्त थापाको संगीत, राजन गुरुङ र देवी घर्तीको स्वर छ । यस गीतलाई स्रोता एवं दर्शकले रुचाएका थिए ।‘उही खोलीमा पानी’ सार्वजनिक भएको पाँच वर्षपछि ‘उही खोलीमा पानी २- जवानीको औषधि’ सार्वजनिक गरिएको छ ।

शुक्रबार मात्रै बसन्त थापा र देवी घर्तीको स्वरमा रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो ।केशव पौडेलले कोरेका शब्दमा खेम पुनले संगीत भरेका छन् भने गीतमा याम थापा मगरको एरेन्ज रहेको छ ।

दोलखा जिल्लामा मनोरम दृश्यहरुमा भिडियोको छायांकन गरिएको छ । चित्र मास्की मगरको निर्देशन रहेको भिडियोमा लोमश शर्मा र रबिना भण्डारीको अभिनय छ । विवेक बि.क.को छायांकन रहेको भिडियोमा पदम सुवेदीको ग्राफिक्स एवं सम्पादन छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार