२०८३ भदौ १ गते सोमवार | August 17, 2026

गृहपृष्ठ बुद्धभुमि नेपालको आईपीओ बाँडफाँड सम्पन्न, कसरी हेर्ने रिजल्ट ?

बुद्धभुमि नेपालको आईपीओ बाँडफाँड सम्पन्न, कसरी हेर्ने रिजल्ट ?

बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) को बाँडफाँड आज (असोज २२ गते, शुक्रबार) सम्पन्न भएको छ । उक्त आईपीओको बाँडफाँड अहिले बिहान १०:३० बजे निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट्स लिमिटेडको कार्यालयमा सम्पन्न भएको हो ।

माग भन्दा धेरै आवेदन परेको हुनाले आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको थियो । अन्तिम दिनसम्म २० लाख ३० हजार ९ सय ५५ जना आवेदकहरूले आवेदन दिएका थिए । जसमध्ये १६ हजार ३३ जनाको आवेदन रद्द भएको जस अनुसार २० लाख १४ हजार ९ सय २२ जना मात्र योग्य आवेदक थिए । गोलाप्रथाद्वारा बाँडफाँड गर्दा ७४ हजार ४ सय आवेदकले मात्र १० कित्ताको दरले सेयर हात पारेका छन् । बाँकीको १९ लाख ५६ हजार ५ सय ५५ जनाको भने हात खाली भएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । जसमध्ये ५ प्रतिशत अर्थात ४० हजार कित्ता सेयर कर्मचारीहरुका लागि, २ प्रतिशत अर्थात १६ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र सर्वसाधारणहरूका लागि बाँकी ७ लाख ४४ हजार कित्ता छुट्याइएको थियो ।

कसरी हेर्ने रिजल्ट ?

आईपीओ बाँडफाँडको काम सम्पन्न भईसकेको भएपनि डाटा अपलोड गर्न केही समय लाग्ने भएकाले आईपीओको नतिजा हेर्न भने केही समय कुर्नुपर्ने हुन्छ । रिजल्ट सार्वजनिक भएपछि कम्पनीको आईपीओको नजिता ४ तरिकाबाट हेर्न सकिन्छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएको (https://iporesult.cdsc.com.np/)  नामक वेभसाइटबाट, सिभिल क्यापिटलको वेभसाइट (https://www.civilcapitalmarket.com/)  , बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको वेभसाइट (https://buddhabhumihydro.com/)  र मेरो सेयरमा गई आफुले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर त्यहाँबाट हेर्न सकिन्छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार