२०८३ वैशाख ३१ गते बिहीवार | May 14, 2026

गृहपृष्ठ सरकारले दुई बिधेयक फिर्ता लिने

सरकारले दुई बिधेयक फिर्ता लिने

काठमाडौं । संसद्मा रहेका दुई विधेयकलाई फिर्ता लिने प्रक्रिया सुरु भएको छ । आज दिउँसो बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विधेयक फिर्ता लिने प्रस्ताव गर्ने कार्यसूची छ ।

प्रधानमन्त्री एवं संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री देउवाले संघीय निजामति सेवा विधेयक, २०७५ फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

त्यस्तै प्रतिनिधि सभामा विचाराधीन रेल्वे विधेयक, २०७६ फिर्ता लिन राष्ट्रिय सभाको सहमतिको निमित्त प्रतिनिधि सभाको सिफारिस प्राप्त गर्ने प्रस्ताव प्रस्तुत गर्नुहुने संघीय संसदको महासचिव डा भरतराज गौतमले जानकारी दिनुभयो ।

रेल्वे विधेयक २०७८ गत साउन २७ गते राष्ट्रियसभाबाट पारित भई प्रतिनिधिसभामा टेबुल गरिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार