२०८२ फागुन २२ गते शुक्रवार | March 06, 2026

गृहपृष्ठ उत्तरवाहिनीमा आधुनिक गुरुकुल सञ्चालमा

उत्तरवाहिनीमा आधुनिक गुरुकुल सञ्चालमा

पाल्पा ।  संस्कारसहित ज्ञानविज्ञानको व्यवहारिक रूपमा अध्ययन हुने ठाउँको खोजी भइरहेको बेलामा शिक्षाक्षेत्रमा नै नयाँ र समयसापेक्ष “अमृत आहार ऋत व्यवहार, संस्कारसँगसँगै आविष्कार”को नारा लिएर रम्भा १ पाल्पा र गल्याङ १ मालुङ्गाको सीमा पवित्र आध्यात्मिक केन्द्र उत्तरवाहिनी क्षेत्रमा श्रीकालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानद्वारा सञ्चालित श्रीकालीगण्डकी गुरुकुलम् सञ्चालनमा आएको छ।

संस्कृत गुरुकुलमा विज्ञान विषयको पढाइ नहुने र आधुनिक विद्यालयमा वेदादि संस्कृत सम्बद्ध विषयहरू नपढाइने कारणले उत्पन्न अभावको परिपूर्तिका लागि हरेक विद्यार्थीलाई वेद र विज्ञान, संस्कार र आविष्कार, ज्ञान र विज्ञान एकैठाउँमा पढाएर ज्ञानद्वार ऋषि र विज्ञानद्वारा वैज्ञानिक चेतना सम्पन्न बनाई वैज्ञानिक ऋषिद्वारा विश्वशान्ति स्थापनाको लक्ष्य लिएर यो गुरुकुल सुरु गरिएको छ। नैतिकता हराइरहेको, संस्कारको लोप भइरहेको र संस्कृतिको नाममा विकृतिहरू बढिरहेको बेलामा यसप्रकारको शिक्षा अपरिहार्य देखिन्छ । यो आधुनिक गुरुकुलमा अङ्ग्रेजी, संस्कृत र नेपाली गरि तीनवटा भाषामा पढाइ भइरहेकोले विद्यार्थीलाई राष्ट्रिय अन्तर्राष्ट्रिय भाषामा आफ्ना कुरा राख्न र वैश्विक जनशक्ति बन्नमा सहज हुनेछ।

विशाल खेलमैदान, पौडिने पोखरी, आइसीटी ल्याव, आविष्कार केन्द्र, बालमैत्री एवम् प्रविधिमैत्री वातावरण भएकोले अभिभावकको रोजाइको र अनेकौं अभियन्ताहरूक‍ो सपनाको यो आधुनिक गुरुकुलमा ५ कक्षा उत्तीर्ण भएमा विद्यार्थीहरूलाई प्रवेश परीक्षा लिई भर्ना गरिने व्यवस्था छ। प्रवेश परीक्षा जेष्ठ ९ गते दिनक‍ो ११ बजे राखिएको छ। फुलबारी, करेसाबारी, गौशाला, भान्सा, अतिथिसत्कार, विविध अतिरिक्त क्रियाकलापमा समेत संलग्न भएर व्यवहारिकरूपमा धेरै सीपको विकास गर्न समेत यो गुरुकुलमा अनुकूल वातावरण छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार