२०८३ साउन १५ गते शुक्रवार | July 31, 2026

गृहपृष्ठ एमालेको तर्फबाट बादलले राष्ट्रिय सभाका लागि उम्मेद्वारी दिने

एमालेको तर्फबाट बादलले राष्ट्रिय सभाका लागि उम्मेद्वारी दिने

आगामी जेठ ६ गते हुने उपनिर्वाचनका लागि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले उम्मेदवारी दिने भएका छन् ।

वागमती प्रदेशअन्तर्गत अन्य समूहतर्फको रिक्त एक सिटको राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि उनले उम्मेदवारी दिने भएका हुन् । यसअघि उनले उम्मेदवारी नदिने भनी विभिन्न चर्चा आए पनि बादलले उम्मेदवारी दिने निर्णय गरेका हुन् ।

उम्मेदवार टुंगो लगाउनुपहिले आज एमाले अध्यक्ष केपी शर्मा ओली, बादलसहित एमालेका नेताहरूले बालुवाटारमा छलफल गरेका थिए । छलफलपछि उम्मेदवारी दिन नेता बादल बालुवाटारबाट सीधै मकवानपुर हिँडेका छन् ।

यसैबीच विपक्षी गठबन्धन ९नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एमालेका खनाल–नेपाल समूह र जनता समाज पार्टी० का उम्मेदवार डा।खिमलाल देवकोटा उम्मेदवारी दिन हेटौडा पुगिसकेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार