२०८३ साउन १५ गते शुक्रवार | July 31, 2026

गृहपृष्ठ टिकटक बनाउने क्रममा भिरबाट लडेर एकजनाको ज्यान गयो

टिकटक बनाउने क्रममा भिरबाट लडेर एकजनाको ज्यान गयो

उदयपुरको कटारी नगरपालिका–११ हर्देनी भीरमा टिकटक बनाउने क्रममा लडेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान(५ का १८ वर्षीय सुवास परियार रहेका छन् ।

धरानबाट ओखलढुङ्गा तर्फ जाँदै सुमोमा चढेका उनी उदयपुरको हर्देनीमा सुमो बिग्रिएपछि ओर्लिएर भिरमा टिकटक बनाउन थालेका थिए ।

टिकटक बनाउँदै गर्दा भिरबाट लडेर उनी गम्भीर घाइते भएका थिए । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक एसपी (एसपी) भिमप्रसाद दाहालका अनुसार घाइते परियारलाई कटारी अस्पताल लैजादै गर्दा बाटामै मृत्यु भएको हो । घटनास्थलमा प्रहरी टोली गइसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार