२०८३ साउन १५ गते शुक्रवार | July 31, 2026

गृहपृष्ठ प्रधानमन्त्री ओलीले बोलाए संवैधानिक परिषदको बैठक, सभामुख अग्निप्रसाद सापकोटा नजाने

प्रधानमन्त्री ओलीले बोलाए संवैधानिक परिषदको बैठक, सभामुख अग्निप्रसाद सापकोटा नजाने

प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले आइतबार बैठक बोलाएका हुन् ।

तीन दिन अगाडि मात्रै राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेकी थिइन् । परिषद् सचिवालयले प्रधानमन्त्रीले आइतबार बैठक बोलाएको जानकारी सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रधानन्यायाधीश र प्रमुख विपक्षी दलका नेतालाई दिइएको छ ।
सभामुख अग्निप्रसाद सापकोटा भने नजाने भएका छन् । ‘यो प्रक्रिया र अध्यादेशविरुद्ध उहाँ अदालत जानुभएको हो । मुद्दा विचाराधीन अवस्थामा भएकाले बैठकमा जानुहुन्न’, सभामुख सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले भने ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार