गृहपृष्ठ नेपालमा आज शुक्रबार कुन उमेरका कति संक्रमित हेर्नुहोस ?
नेपालमा आज शुक्रबार कुन उमेरका कति संक्रमित हेर्नुहोस ?
नेपालमा पछिल्लो २४ घण्टामा कोभिड १९ का ९ हजार १९६ जना संक्रमित थपिएका छन् । जसमध्ये ९ वर्षसम्मका बालबालिका २०४ जना र १० देखि १९ वर्षका ६०० जना रहेका छन् ।
त्यस्तै, २० देखि २९ सम्मका २ हजार १५१ जना रहेका छन् । पछिल्लो २४ घण्टामा संक्रमित हुनेहरुमा सबैभन्दा धेरै ३० देखि ३९ वर्षका नागरिक २ हजार २५० जना छन् । ४० देखि ४९ वर्षका १ हजार ५७३, ५० देखि ५९ वर्षका १ हजार १९९ जना, ६० देखि ६९ का ६३२ जना छन् ।
त्यस्तै, ७० देखि ७९ का २६७ जना, ८० देखि ८९ का ८१ जना, ९० देखि १०० वर्ष उमेरका १८ जना र उमेर नखुलेका ४८ जना छन् । अहिले देशभर ७२८ जना आईसीयूमा र २३१ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।






