गृहपृष्ठ खनाल नेपाल समूह बैठक : ओलीले प्रधानमन्त्री वा अध्यक्ष छाेडे एकता हुन्छ
खनाल नेपाल समूह बैठक : ओलीले प्रधानमन्त्री वा अध्यक्ष छाेडे एकता हुन्छ
नेकपा (एमाले) खनाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठक चलिरहेको छ । कोरोना महामारीका कारण बैठक अहिले भर्चुअल रुपमा बसेको थियोे । बैठकमा नेता माधव नेपाल ले पार्टी एकताका लागि प्रधानमन्त्री वा पार्टी छोड्नुपर्ने सर्त अघि सारेका छन् ।
एमालेको मूल नेतृत्वले भने खनाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठक कानुन र विधानविपरीत भन्दै सहभागी नहुन निर्देशन दिएको थियो ।
आजै बालुवाटारमा एमालेको स्थायी कमिटी बैठक बोलाइएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न ४ बजेका लागि बैठक डाकेका हुन् । उक्त बैठक हिजो बस्ने तय भए पनि सारिएको थियो ।






